टिमुर खानुको फाइदैफाइदा

Timur
लाेकपाटी न्यूज

काठमाडौं । मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा लिइन्छ । यसको प्रयोगले दाँत दुखेमा राहत मिल्छ र शरीरमा शक्ति पैदा गर्न सहयोग गर्छ ।

ज्वरो आउँदा, झाडाबान्ता लाग्दा तथा हैजाका बेलामा टिमुर सेवन गर्दा फाइदाजनक हुन्छ ।

टिमुरको धुलो अचार, चटनी, तरकारीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ ।

खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ जुन जाडो मौसममा बढी लाभदायी हुन्छ ।

हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा औषधिका रूपमा समेत टिमुरलाई प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्