सामन्ती सोचको अवशेष ‘बोक्सी प्रथा’

लाेकपाटी न्यूज
0 Shares

मकवानपुरबाट काठमाडौं आएर पत्रकारितामा क्रियाशील रामकुमार एलन साहित्य लेखनमा पनि सक्रिय छन् । २०७० मा द्वन्द्वकालीन कथावस्तु समेटेर ‘स्याउली सिम्फोनी’ उपन्यास लेखेका एलनले पछिल्लो समय नाटक लेखनमा हात हालेका छन् । उनले लेखेको नाटक ‘बोक्सी उद्योग’ असोज ५ गतेदेखि कुञ्ज थियटर थापागाउँमा १५ दिन प्रदर्शन हुँदैछ ।

‘तराई, पहाड जताजतै बोक्सीका नाममा यातना, ताडना भोग्नेहरुको भित्री कथा खोतल्न खोजेको छु,’ लेखक एलनले भने, ‘सामन्ती सोचको अवशेष हो बोक्सी आरोप, समाजका ठूलावडाले आफ्नो बदमासी बचाउन अबलाहरुलाई बोक्सीको आरोप लगाएर समाजमा बहिष्कृत जिन्दगी बिताउन बाध्य पार्नेहरुको चरित्र उतार्ने प्रयास गरेको छु ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्