यी हुन् भिटामिन ‘बि’को कमिबाट निम्तिने समस्या

vitamin
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं १४ असोज । हामीले दैनिक खाने खानामा भिटामिन ‘बी’ हुनु अति आवश्यक छ । भिटामिन ‘बी’ पानीमा घुलनशील भिटामिन हो । यसको कमीबाट शरीरमा अनेक रोग लाग्छन् । अनुसन्धानकर्ताहरुले भिटामिन ‘बी’का थुप्रै प्रकारको खोजी गरिसकेका छन् । सबैलाई मिलाएर भिटामिन बीकम्प्लेक्स भनिन्छ । यी सबै एक अर्कासँग अन्तर सम्बन्धित हुन्छन् ।

भिटामिन ‘बी’को कमी भएमा स्मरणशक्ति कमजोर हुनुका साथै थकान महसुस हुने र डिप्रेसन पनि हुन सक्छ ।
स्वस्थ रहन तथा शरीलाई सुचारु गर्न भिटामिन र सूक्ष्म पोषणको जरुरी हुन्छ । भिटामिन ‘बी’ कम्प्लेक्सले शरीरमा मेटाबोलिज्म बढाउँछ । मेटाबोलिज्मले पोषक तत्वलाई शक्तिमा बदल्ने काम गर्छ ।

यसले डिएनए बनाउन पनि सहयोग गर्छ । राता रक्त कोष निर्माण पनि भिटामिन ‘बी’ कम्प्लेक्सले गर्छ । यसले शरीरका विभिन्न भागका लागि प्रोटिन बनाउने काम पनि गर्छ ।

कमी भए के हुन्छ ?

  • हात–खुट्टा झमझम गर्ने, पोल्ने
  • स्मरण शक्ति ह्रास हुने
  • कमजोरी महसुस हुने
  • थकान
  • डिप्रेसन
  • निद्रा कम पर्ने
  • शरीरमा राता टाटा देखापर्ने
  • रिंगटा लाग्ने
  • पाचन प्रक्रियामा समस्या आउनेआँखा कमजोर हुने
  • भिटामिन बी कम्प्लेक्सको स्रोत
  • मासु तथा दुग्ध जन्य पदार्थ
  • जमिनभित्र फल्ने फल–आलु, गाँजर, मुला, सलगम, तरुल आदि
  • गोलभेंडा, गहुँको पिठो, हरियो साग, बदाम, ओखर, पालिस नगरिएको चामल, सुपारी, अंगुर, हरियो केराउ, दाल, मेवा, नरिवल, पेस्ता, दही, बन्दाकोभी, माछा, अण्डाको सेतो भाग आदि ।

भिटामिन ‘बी’का बहुरुप
भिटामिन बीबिभिन्न रुपमा पाइन्छ । बी १, बी २, बी ३ र बी १६ ।

यी चार तत्वको सम्मिलित रुप नै भिटामिन ‘बी’ कम्प्लेक्स हो । भिटामिन ‘बी’ को पहिलो सदस्य ‘थाइमिन’हो । त्यसैले यसलाई बी १ भनिन्छ । यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ । रोग प्रतिरोध क्षमता बढाउँछ । बी १ को कमी भएमा भोक नलाग्ने, कमजोर हुने हुन्छ । यसको कमीले मानसिक समस्या पनि हुन्छ । यो चामल, गहुँ, जौं, भटमास, केराउ, बदाम आदिमा पाइन्छ ।

भिटामिन बी २ लाई ‘राइबो फ्लोबिन’पनि भनिन्छ । यो मुख र आँखाका लागि आवश्यक हुन्छ । यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउने जस्ता समस्या देखिन्छ । बी २ यो दूध, दही, विभिन्न अनाज, हरियो सागसब्जीमा पाइन्छ ।

भिटामिन बी ६ लाई ‘पाइरीडाक्सिन’ भनिन्छ । यो छालाका लागि आवश्यक हुन्छ । यो अनाज, दूध, कलेजो, मासु आदीमा पाइन्छ ।भिटामिन बी १२ को रासायनिक नाम ‘सायनोकाबालामीन’हो । यो छाला, हड्डी, कोशिका तथा मांसपेशीका लागि आवश्यक हुन्छ । यो मासु, माछा, अण्डा आदिमा पाइन्छ

भिटामिन बी कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटिन, प्यान्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ । यसलाई स्थायी भिटामिन भनिन्छ ।

मासुलाई ४५ मिनेट उमाल्दा पनि करिब ७० प्रतिशत भिटामिन सुरक्षितरुपमा बच्छ । गाईको दूधलाई २ देखि ५ मिनेटसम्म उमाल्दा पनि २५ देखि ३० प्रतिशतमात्र नष्ट हुन्छ । यसले ऊर्जा र क्षमता बढाउँछ भने मस्तिष्कलाई स्वस्थ राखी एकाग्रता बढाउँछ ।

यस्तै, भिटामिन बी १२ ले तनाव र अनिद्रा हटाउनुका साथै रोग प्रतिरोधी क्षमतालाई पनि बढाउँछ । कोशिकाको विकास र मर्मतका लागि पनि यो जरुरी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्