सात समुद्र पारी आए रिना धन गरी आमा
गाह्रो रहिछ मुग्लान, परे गैची हान्नी काममा ।
याद आउछ आमा मलाइ मुखियाको बोली
मुग्लानमै लड्न थाले खाए झै भयो गोली ।
बालुवाको मरुभूमीमा चिसो माया खोजीराछु
सुख पाउने आसै आसमा यस्तो दुख रोजीराछु ।
दिनदिनै बढ्न थाल्यो मुखियाको रिन पनि
खरको छाना फालिकन छाउनु छ है टिन पनि ।
बिहान बेलुका दुःख गरी २,४ पैसा सोचेको छु
मरभूमीको यो गर्मीमा रोइकराइ बाँचेको छु ।
दिनदिनै रुनु परिराछ मलाई परदेशमा बसी
आमा तिमी पनि बुढी भयौ लाग्यौ होला असी ।
कस्तो दिनमा काटे मैले परदेशको रिन
कस्तो कर्म लिइ आए दुखी पाए जीवन ।
जति टाढा भएपनि साथ छोडेन छायाँले
यो परदेशमा सताउछ आमा तिम्रै मायाँले ।
सन्तोष सुवेदी (सङ्गम)
कुष्मा ११, पर्वत