फेरि चुनाव आउला (कविता)

kamala bhattarai
गर्ने युवा विदेश पठाई तिमी रमायौ । मर्न लागेका नेता तिम्ले कति कमायौ ।। अझै कति भ्रम छर्छौ छर्दै गर तिमी । पर्खी रहेछौ अर्को चुनाव फेरि आउँदा खेरि ।
लाेकपाटी न्यूज
0 Shares

– कमला भट्टराई

खै देख्यौ त गरीबले छाती पिटी रोएको ।
खै सुन्यौ त नेपाल आमा चिच्याएर रोएको ।।

हत्या हिंसा बलात्कार झनझन् बढ्दै जाँदा,
खै त तिम्ले न्याय दिएको दुखी आमा रुँदा ।

अझै कति भ्रम छर्छौ छर्दै गर तिमी ।
पर्खी रहेछौ अर्को चुनाव फेरि आउँदा खेरि ।

सत्ता भित्र लुछाचुडी अरु केही देखेनौ ।
लुगा फाटा तिम्रा फेर्यौ जनता हेरेनौ ।।

मुखले खोक्रा भाषण छर्यौ कुर्सी छोडेनौ ।
गरीब दुखी जहाँको तहिँ सत्ता छोडेनौ ।।

गर्ने युवा विदेश पठाई तिमी रमायौ ।
मर्न लागेका नेता तिम्ले कति कमायौ ।।

जनताको रगतमा होली खेल्नु खेल्यौ ।
गरीबको पसिनामा भर्नु भुँडी भर्यौ ।।

अझै कति गर्छौ तिमी गर्दै गर हेर ।
फेरि आउला अर्को चुनाव लाखे फेरि हेर ।।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्