को–पाइलट ओझाको कविता : रमाइलो उडान

melsom ojha
लाेकपाटी न्यूज
0 Shares

– मेल्सम ओझा/

अर्थहिन भो सारा पहल निस्काम भो सारा यन्त्र,
सपना टुटेन एक पल बिलाए कैयौँ नक्षेत्र ।
दाजुभाइको बेजोड ईच्छा ज्ञानविज्ञान र कला,
विश्वले लियो नवीन लक्ष्य सम्भव के पो नहोला ?

गति थियो अति नै मिहिन चार उडान केवल,
न्यून थियो उचाइ उसको वायुमा केहि नै पल ।
अभिरुचि साथै परिश्रम ती दुवै भए सफल,
हौसला अनि साथ सबैको जहाज भो गतिशील ।।

शताब्दी पूरानो सपना त्यो सबको जरुरी आज,
नबनाउन वायु बिकृत गर्नु छ चिन्तन ताजा ।
जैविक इन्धनको मात्रामा गर्नु छ वृद्धि मिलेर,
आहा, क्या राम्री हरितभूमि गरौं यात्रा रमाएर ।।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्