गजल

Nawaraj chintan
लाेकपाटी न्यूज
0 Shares

–नवराज चिन्तन/

चुरा, धागो, सिन्दुर, पोते कहाँ टिकाउ हुन्छन् ?
मान्छेका सम्बन्धमा पनि अनेक दाउ हुन्छन् ।

सफा, सुग्घर देखेर स्वस्थ मान्छे के होला र ?
निरोगीका नि दिलभित्र हजार घाउ हुन्छन् ।

मेरो आफ्नै परिभाषा छ धनी र गरिबको
कोही धनले कोही सन्तोषले भरिभराउ हुन्छन् ।।

मान्छेलाई हेप्नेलाई सानो एक सल्लाह मेरो
अरे तिनका नि तिम्रा जस्तै हात पाउ हुन्छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्