आलोचनाका बीच प्रचण्डले गरे सरकारको बचाउ

prachanda-5
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले धेरै ठूला काम गरेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारको नौ महिने अवधिमा धेरै राम्रा कामहरु गरेको बताएका हुन् । ओली सरकारको तिव्र आलोचना भइरहेको बेला प्रचण्डले यसको बचाउ गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका उनले सरकारले ऐतिहासिक महत्वको कार्य सम्पादन गरेको पनि दाबी गरे । उनले चीनसँग पारवाहन सम्झौता गर्नु, रेल सेवा सञ्चालनका लागि छिमेकी मुलुकसँग समझदारी गरेर अघि बढ्नु तथा भारतसँग डुबान समस्या सुझाउनु सरकाको महत्वपूर्ण उपलब्धि भएको भन्दै टिप्पणी गरे ।

सरकारले गरेका राम्रा कामहरुप्रति ध्यान पुग्न नसकेको बताउँदै अध्यक्ष प्रचण्डले निर्वाचनका बेला गरिएका प्रतिबद्धता आगामी चार वर्षभित्र पूरा गर्ने अठोट गरे ।

शिक्षा, स्वास्थ्य तथा रोजगारीको हकलाई संविधानले पनि सुनिश्चित गरेको बताउँदै यसमा भएका समस्याहरुलाई हल गर्दै जाने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्