प्रदर्शनीको मुख्य रोजाइ ‘नेपाली बृहत् शब्दकोष’

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ पसु । नेपाल प्रज्ञा–प्रतिष्ठानद्धारा आयोजित पुस्तक प्रदर्शनीको मुख्य रोजाइ ‘नेपाली बृहत् शब्दकोष’ बनेको छ ।

पुस १५ गतेदेखि सुरु भएको प्रदर्शनीमा ३५० लेखकका ५०० पुस्तक राखिएका मध्ये ‘नेपाली बृहत् शब्दकोष’लाई पाठकले अत्यधिक रुचाएका हुन् ।

उक्त प्रदर्शनीमा भएका रु. दुईदेखि १ हजार ४०० सम्म मूल्य पर्ने पुस्तक प्रदर्शनीमा राखिएका थिए । रु. एक हजार ३ सय ५० को उक्त पुस्तक रोजाइमा परेको हो।

रु. एक हजार ३ सय ५० पर्ने उक्त पुस्तक गत साउनमा दशौँ संस्करण निकालिएको थियो । अहिलेसम्ममा सो पुस्तक २ हजार प्रति बिक्री भएको मेलाका व्यवस्थापक सुधीर ढुङ्गेलले बताए ।

यस्तै ‘विश्वका प्रमुख धर्म’ नामक पुस्तक पनि पाठकको रोजाइमा परेको छ । उक्त पुस्तक पनि ६०० प्रति बिक्री भएको बताइएको छ । यस पुस्तकमा विश्वमा मानिँदै आएको मुख्य धर्म र त्यसको उत्पत्तिका बारेमा प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी सो प्रदर्शनी यही पुस २९ गतेसम्म चल्नेछ । मेलामा भाषा, साहित्य, दर्शन, समाजशास्त्रबारे लेखिएको पुस्तकहरु राखिएका छन् । मैथिली, भोजपुरी, गुरुङ र लिम्बू जातिका भाषाको शब्दकोषसँगै मानिसको जन्मदेखि मृत्युसम्मको जातीय संस्कारबारे जानकारी दिने पुस्तक पनि बिक्रीका लागि राखिएका छन्। ।

प्रदर्शनीमा विसं २०६८ देखि ०७५ सम्ममा प्रकाशित पुस्तकमा १५ र त्यसअघिका पुस्तकमा ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रदर्शनीमा पुराना लेखकहरु सिद्धिचरण श्रेष्ठ, बिपी कोइराला, लीलबहादुर क्षेत्रीलगायत र पछिल्ला समयका जीवेन्द्रदेव गिरी, वीणा पौडेल, हरिप्रसाद पौडेल, गोविन्दराज भट्टराईले लेखेका पुस्तकहरु पनि राखिएका छन्। ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्