मनोबल उच्च बनाएर खेल्नुस् : मेयर रेनु दाहाल

bidur-nagar-mayor-cup
लाेकपाटी न्यूज
0 Shares

चितवन। भरतपुर महानगरपालिकाले विदुर नगर मेयर कप फुटबल प्रतियोगिताको लागि सहभागी हुन जाने खेलाडीलाई बिदाइ गरेको छ।

नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेल मैदानमा सञ्चालन भइरहेको विदुर नगर मेयर कप राष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटबल प्रतियोगिताको लागि सहभागी हुने खेलाडीलाई भरतपुर महानगरपालिकाको कार्यालयमा एक कार्यक्रमका मेयर रेनु दाहालले बिदाइ गरिन्।

बिदाइ कार्यक्रममा प्रमुख दाहालले खेलाडीहरुलाई जीतको शुभकामना समेत दिइन्। उनले खेलमा जीतहार हुने तर, निर्धक्क भएर आफ्नो खेल प्रस्तुत गर्न खेलाडीहरुलाई अनुरोध गरिन्।

बिदाइ कार्यक्रममा उनले भरतपुर माहानगरपालिकाले खेल क्षेत्रमा राम्रो काम गरेको बताउँदै खेलाडीलाई आशावादी रहन आग्रह गरिन्। उनले भनिन्, ‘भरतपुर खेलकुदको हवको रुपमा विकास हुँदैछ। यहाँ हुने गरेका राष्ट्रिय स्तरका प्रतियोगिता त्यसका उदाहरण हुन्।’

मनोज गुरुङ्गको कप्तानीमा १८ जना खेलाडीसहित गोपाल गुरुङ्गको कोच र तेजेन्द्र चौधरीको टिम व्यवस्थापनमा आज नै भरतपुर महानगरपालिकाबाट २० जनाको टिम नुवाकोट प्रस्थान गरेको छ।

कार्यक्रममा चितवन जिल्ला फुटवल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले खेलाडिहरुले महानगरको नाम उच्च राख्ने गरी आफ्नो प्रस्तुति राख्ने बताए। भोलि शनिबार भरतपुर महानगरले पोखरा महानगरसँग पहिलो खेल खेल्दैछ। प्रतियोगितामा भरतपुरसहित ८ समूहले सहभागिता जनाएका छन्।

प्रतियोगितामा प्रथम हुनेले ३ लाख रुपैयाँ, दोस्राले १ लाख ५० हजार रुपैयाँ पाउँनेछ भने म्यान अफ दि म्याचलाई ५ हजार रुपैयाँ, उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, उदयमान खेलाडीलाई १० हजार रुपैयाँ प्रदान हुनेछ। प्रतियोगिताको फाइनल खेल २३ गते सोमबार हुनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्