मन्त्री ढकालका दाजु शिवप्रसाद बेपत्ता

लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, २३ जेठ । नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालका दाजु शिवप्रसाद ढकाल बेपत्ता भएका छन् ।

मन्त्री ढकालका ७० वर्षीय दाजु शिवप्रसाद उपचारका लागि काठमाडौँ आएका बेला बल्खुस्थित निवासबाटै  बेपत्ता भएका हुन् । काठमाडौं प्रहरी परिसर टेकुका अनुसार १५ जेठदेखि उनी हराएको भन्दै ढकाल परिवारले उजुरी दिएको छ ।

बेपत्ता शिवप्रसादको खोजीमा महानगरीय अपराध अनुसन्धान महाशाखादेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेत खटिएको छ । उनले मोबाइल समेत नबोकेका कारण पत्ता लगाउन समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्