बलात्कारको झुटो आरोप लाउने युवतीलाई कैद सजाय

Dang_Deukhuri_Adalat
लोकपाटी न्यूज
0 Shares

घोराही। बलात्कारको झुटो आरोप लगाउने युवतीलाई जिल्ला अदालत दाङ देउखुरीले कैद सजायको फैसला गरेको छ। जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलाशले बलात्कारको झुटो आरोप लगाउने ती युवतीलाई एक महिना कैद सजायको फैसला सुनाएको हो।

आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी गरेकी युवतीले अदालतमा गएर बयान फेरेपछि उल्टै कैदमा परेकी हुन्। घोराहीका तीन जना युवाहरूले आफूहरूमाथि सामूहिक बलात्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा एक बालिका र युवतीले उजुरी दिएकी थिइन्।

उक्त मुद्दा अदालतमा पुगेपछि फागुन ४ गतेको बकपत्रमा बलात्कार नभई उनीहरूलाई दुःख दिन उजुरी हालेको बयान दिएकी थिइन्। चैत २३ गते बसेको न्यायाधीश थापाको इजलाशले झुट्टा मुद्दा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षति पुर्‍याएको ठहर गरेको छ।

इजलाशले उक्त मुद्दामा नाबालिग भएकाले बालिकालाई छोडिएको र जाहेरवाली अर्की युवतीलाई भने एक महिना कैद र ती युवतीबाटै बलात्कारको आरोप लागेका तीन जना युवाहरूलाई क्षतिपूर्तिस्वरुप जनही २५/२५ हजार उपलब्ध गराउने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार धनसिंह गिरिले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्