माओवादी केन्द्रको बैठक सकियो, के-के भए निर्णय ?

फाइल तस्बिर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो बसेको बैठकमा चार वटा अजेन्डामा छलफल भएको छ। बैठकले पार्टीको राष्ट्रिय सम्मेलनसम्बन्धी अन्य निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

‘आजको बैठकमा चारवटा एजेन्डामाथि छलफल भएका छन्। पार्टीको विधानलाई अन्तिम रुप दिन छलफल भएको छ। भाषामा हेरफेर गर्नुपर्ने थियो,’ उनले भने, ‘केही परिमार्जन गर्दै आगामी केन्द्रीय समिति या राष्ट्रिय सम्मेलनबाट पास गर्ने पारित गरिएको छ।’

यो बैठकले विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा निर्वाचन आयोग बनाएको पनि उनले बताए। यो आयोगले पार्टीको निर्वाचन कार्यक्रमका लागि नियमावली बनाउने भएको छ। त्यसैगरी पार्टी प्रवेश र एकीकरणका लागि आएका ४५ वटा पार्टी र नेता कार्यकर्ताहरुलाई समायोजन गर्न कार्यदलले प्रतिवेदन पनि बैठकले बुझेको महराले बताए।

महराले मन्त्रिपरिषद् विस्तारबारे कुनै कुरा नभएको जानकारी दिए। ‘मन्त्रिपरिषदबारे यो बैठकमा केही कुरा भएन,’ उनले भने, ‘संसदको गतिरोध हटाउन प्रतिपक्षी एमालेसँग संवाद बढाउने काम सभामुखले गरिरहनु भएको छ। संसदको गतिरोध हटाएर सहमतिमा अघि बढ्नुपर्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्