टिकटकको मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता

tiktok
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। टिकटकको मासिक रुपमा एक करोड सक्रिय प्रयोगकर्ता भएका छन्। टिकटकले भाइन बन्द गरेको पाँच वर्षपछि यो माईलस्टोन पूरा गरेको हो।

एक करोड प्रयोगकर्ता हुनु कुनै पनि सामाजिक सञ्जालका लागि ठूलो विषय हो। गत वर्ष ट्रम्प प्रशासरणले बाईटडान्सले अमेरिकी कम्पनीलाई टिकटक विक्रि नगरेमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाईदिने भनेका थिए।

त्यस्तै भारत, पाकिस्तान लगायतका देशहरुले पनि टिकटक प्रयोगमा प्रतिबन्ध लगाएका छन्। यति हुँदाहुँदै पनि टिकटकले सन् २०२१ म सफलतापूर्वक एक करोड प्रयोगकर्ता बनाउन सफल भएको छ।

यो एप विश्वव्यापी रुपमा सन् २०१८ बाट मात्रै उपलब्ध भएको थियो र केही ठाउँमा डाउनलोडका लागि सन् २०१७ मा उपलब्ध भएको थियो। ईन्टरनेटको विस्तार भएसँगै सामाजिक सञ्जालको प्रयोगकर्ता पनि दैनिक रुपमा बढ्दै गएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्