अजिरकोटका नवनिर्वाचित जनप्रतिनिधिलाई खुल्ला पत्र

Shisir_Devkota
लोकपाटी न्यूज
7 Shares
  • डा. शिशिर देवकोटा

प्रिय दाइ र दिदीमा न्यानो अभिवादन, सर्वप्रथम त अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा दाइ, दिदी नै विजय हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना।

२०७४ को स्थानीय निर्वाचनपछि दक्षिणपन्थी संशोधनवादी धार शक्तिशाली भइरहेको र मार्क्सवादी लेनिनवादी धारा कमजोर हुँदै गएको अवस्थामा पार्टीले अंगिकार गरेको व्यवस्था बदल्यौं अब अवस्थामा बदल्न माओवादीलाई भोट भन्ने मूल नारालाई जसरी तपाईंले गाउँभरि बीजारोपण रोपण गर्नुभयो, त्यसले ५० वर्षको गोरखाको कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पल्ट भच्चेकको उजाड डाँडोमा (जहा सयौं क्रान्तिकारीको हत्या गरियो) आज लाल झण्डा फहराएको छ। २५ वर्ष अघि भच्चेक चौकीबाट १०० मेगा पिक्सेलको दूरबिनले खोज्दा पनि बिरलै भेटिने रातो झण्डा, आज नांगो आँखा अगाडि जगजगी भएको छ, पुरा डाँडो नै राताम्मे भएको छ।

पुरा अजिरकोट माओवादीमय भएको छ। काँग्रेसको सिद्धान्त र बिचारलाई तिलाञ्जली दिएर माओको दिशानिर्देशमा सिंगो गाऊ नै लामवद्ध भएको छ। ५० वर्षमा सम्भावना नभएको यो अभूतपूर्व राजनीतिक परिवर्तन ५ वर्ष मै सम्भव हुनुमा तपाईंले भोक, प्यास, निन्द्रा, थकान नभनी रातदिन नागरिकप्रति गरेको समर्पण नै मुख्य कारण हो भन्नेमा कुनै दुई मत छैन।

पुँजीवादको पुनर्स्थापना विरुद्धमा तपाईंले अजिरकोटमा सञ्चालित यो क्रान्ति, पुँजीवादी दक्षिणपन्थीहरूसँग मात्र नभएर कम्युनिष्ट पार्टीभित्रकै मार्क्सवाद र संशोधनवादका बीचको खुल्ला भीषण संघर्षको इतिहास पनि हो।

सबै खाले शोषक र प्रतिक्रियावादी विचारधाराका विरुद्ध संघर्ष गर्न, स्वास्थ्य, शिक्षा, साहित्य, कला र संस्कृतसितलाई समाजवादीकरण गर्न, प्रतिक्रियावादी, पुँजीवादी दक्षिणपन्थीहरू र सबै संशोधनवादीहरूलाई नियन्त्रण गर्न तपाईंले गर्नुभएको त्याग, समर्पण र उच्च प्रकारको सक्रियतालाई हार्दिक नमन गर्दछु।

माओले भन्नुभएको छ- इतिहासको निर्माता जनता हुन्। राजनीतिमा हार जितको फैसला गर्ने तागत बहुसङ्ख्यक जनतामा हुन्छ र अजिरकोटको हकमा यो पालि जनताले न्याय गरेका छन्। प्रिय दाइ तपाईंको सिद्धान्त दर्शन र निष्ठाको राजनीतिले आज विजयको बिगुल फुकिकसेको छ। अजिरकोटवासीले प्रतिक्रियावादी, पुँजीवादी संशोधनवादीहरूलाई परास्त गरेका छन्।

विकासका धेरै सूचकहरू छन्। मेरो विधा स्वास्थ्य भएकोले अन्य विधामा म जान चाहिन। २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ सालको राष्ट्रिय स्वास्थ्य नीतिले तत्कालीन सबै इलाकाहरूमा स्वास्थ्य चौकी र प्रत्येक निर्वाचन क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको थियो।

३१ वर्षको यो समयमा राजनीतितक चक्रव्यूहले छलाङ मारेपनि (बहुदल, लोकतन्त्र, गणतन्त्र हुँदै २०७४ सालको स्थानीय निर्वाचन) स्वास्थ्य सेवा प्रवाहमा सोचे जस्तो सहजता सुलभता र पहुँच योग्य हुन सकेको छैन। रेडियोमा सिंहदरबारको अधिकार गाउँ गाउँमा भनेर घन्किरहँदा माथिल्लो घरको ठुलदाइ, दिदीको पेट दुखेर गोरखा निस्कन लागेको देखेर पाखुरीको बोटको कालो कौवा निर्लज्ज भएको छ।

नेपालको संविधानमा प्रष्ट रूपमा लेखिएको आधारभूत स्वास्थ्य सेवा सहज सरल र सुलभ रूपमा निःशुल्क उपलब्ध गर्नुपर्ने र विशेष सेवाको सुलभ पहुँच स्वास्थ्य बिमामार्फत गर्नुपर्ने भन्ने कुराको खिल्ली उडिरहेको छ। अझ सोझो अर्थमा भन्नुपर्दा अजिरकोटमा संविधानमा प्रष्टरूपमा लेखिएको विशेष सेवा त टाढा को कुरा, आधारभूत स्वास्थ्य सेवासमेत निःशुल्क सर्वसुलभ हुन सकेको छैन।

एउटा प्राथमिक स्वास्थ्य केन्द्रसमेत नभएको यो गाउँपालिकामा यो पाँच वर्षमा स्वास्थ्यमा के के चाहिँ प्रगति भएको छ ? हरेक अजिरकोटलाई आज उत्तर चाहिएको छ।

प्रिय दाइ, आज तपाईंको लाल विजयले फेरि पनि समाजवादतर्फ उन्मुख हाम्रो समाजको मुहारमा खुसीयाली ल्याएको छ। अब अवस्थामा बदल्ने लगाम तपाईंको हातमा नै छ। वर्षपछि जनताले हामी लाल रक्षकले गरेको कामको मूल्यांकन त अवश्य गर्ने छन्। म केवल तपाईंको सफल यात्रामा एउटा इट्टा थप्ने कामको लागि सधैँ प्रतिरक्षामा हुनेछु। स्वास्थ्यसँग सम्बन्धित भएको नाताले मैले यहाँको स्वास्थ्य समस्याहरू र यसको व्यवस्थापनको बारेमा थोरै सुझावहरू पेस गरेको छु।

चुनौतीहरू

१. आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ रूपमा निःशुल्क उपलब्ध गराउन
२. समता मूलक पहुँच स्थापित गर्न
३. अति विपन्न र जोखिम वर्गलाई उच्च प्राथमिकता राखी स्वास्थ्य सेवा उपलब्ध गराउन
४. स्वास्थ्य उपचारमा व्यक्तिगत खर्च घटाउन
५. स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन
६. नाफामूलक स्वास्थ्य सेवालाई सेवामुखी बनाउन

रणनीतिहरू

१. आधारभूत स्वास्थ्य सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराउने
२. Immunization, Nutrition, safe motherhood लगायत कार्यक्रमहरूमा राष्ट्रिय लक्ष्य पुरा गर्ने
३. प्रत्येक गर्भवतीको घरलाई Symbolization गर्ने (झण्डा राख्ने) सुत्केरी र नवजात शिशुको स्वास्थ्य स्याहार आहारको बारेमा घरमा फ्लेक्स राख्ने
४. WHO प्रोटोकल अनुसार प्रत्येक गर्भवती महिलाको परीक्षण गर्ने व्यवस्था गर्ने (हरेक महिना स्त्री रोग विशेषद्वारा परीक्षण गर्ने)
५. भच्चेक बजारमा प्राथमिक अस्पतालको स्थापना गर्ने। इमर्जेन्सी अपरेसनहरू विशेष गरी cesearean section (अपरेसन गरेर बच्चा पाउने विधि) सञ्चालनमा ल्याउने
६. प्रत्येक महिनाको एक दिन (हरेक महिनाको अन्तिम शनिबार) बिरामीसँग जनप्रतिनिधि र डाक्टर भन्ने घर दैलो कार्यक्रम सुरु गर्ने (ओडा सदस्यले १ दिन अघि आफ्नो गाउँको बिरामीको तथ्यांक केन्द्रमा बुजाएर सहजीकरण गर्ने)
७. अत्यन्त गम्भीर बिरामीलाई रिफर सिस्टममा सहजीकरण गर्न मुख्य अस्पतालहरू गोरखा अस्पताल, भरतपुर अस्पताल, वीर अस्पताल र टिचिङ अस्पतालमा सम्पर्क व्यक्तिको व्यवस्था गर्ने
८. इ-हेल्थलाई संस्थागत गर्दै मोबाइल हेल्थ र telemedicine को विकास गर्ने
९. आँखाको उपचारलाई आधारभूत स्वास्थ्य सेवामा समावेश गराउने
१०. विद्यालय स्वास्थ्य कार्यक्रमको विकास गर्ने। एक विद्यालय एक स्वास्थ्य कर्मीको व्यवस्था गर्ने
११. सामाजिक न्यायको सिद्धान्तमा आधारित विपन्न र लक्षित वर्गलाई विशेष कोसको स्थापना गर्ने र उपचारको व्यवस्था गर्ने
१२. डिजिटल एक्स-रे र यूएसजी मेसिनको व्यवस्थापन गर्ने
१३. एम्बुलेन्स सेवाको निश्चित मापदण्ड बनाएर सञ्चालनमा ल्याउने ज्येष्ठ नागरिक र शारीरिक असक्त व्यक्ति बिरामी भएमा निःशुल्क र अर्धशुल्क रूपमा एम्बुलेन्स सेवा दिने गर्भवतीलाई पालिकाको स्वास्थ्य चौकीसम्म निःशुल्क एम्बुलेन्स सेवा दिन
१४. हरेक विद्यालयमा निःशुल्करूपमा स्यानिटरी प्याड वितरणको व्यवस्था गर्ने
१५. होम डेलिभरी लाई शून्यमा झारेर Skilled Birth attendent द्वारा १०० % Hospital Delivery को विकास गर्ने
१६. आङ खस्ने समस्या परिवार नियोजन लगायत महिला स्वास्थ्य सम्बन्धी स्वास्थ्य शिविर हरेक ३/३ महिनामा सञ्चालनमा ल्याउने

डा. शिशिर देवकोटा
अजिरकोट-५ मुचोक
हाल : त्रिवि शिक्षण अस्पताल

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्