सत्ता गठबन्धनको शीर्ष नेताको बैठक बस्दै, सिट बाँडफाँटमा होला त सहमति ?

satta_gathabandhan_1zFBti8Hec
फाइल तस्बिर
लोकपाटी न्यूज
5 Shares

काठमाडौं। पाँचदलीय सत्ता गठबन्धनको शीर्ष नेताको बैठक आज पनि बस्दैछ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न शीर्ष नेताहरू छलफलमा बस्न लागेका हुन्।

सिट गठबन्धनले बनाएको कार्यदलले बाँडफाँडको टुंगो लगाउन नसकेपछि केही दिनदेखि शीर्ष नेता छलफलमा जुटेका छन्। भोलि बिहीबारसम्म सिट बाँडफाँडको विषयलाई टुंग्याउने मानसिकतासहित छलफल भइरहेको नेताहरुको भनाइ छ।

नेताहरूबीच ०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा २०७९ को स्थानीय निर्वाचनका परिणामका आधारमा चुनावी तालमेल गर्ने समझदारी भएपनि सिटको संख्याबारे भने सहमति हुन सकेको छैन। सिट बाँडफाँटका लागि बनाइएको कार्यदल सदस्यसमेत सहभागी बैठकमा नेपाली कांग्रेसका नेता एकातिर र गठबन्धनमा आबद्ध अन्य दलका नेता अर्कोतिर भएर प्रस्तुत भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्