चट्याङ्बाट कसरी जोगिने ? यी हुन् २२ उपाय

thunder_chatting-850
लाेकपाटी न्यूज

काठमाडौं, २४ चैत । वर्षातको समय शुरु भएसँगै चट्याङका थुप्रै घटनाहरु सुन्न पाइन्छ। जसको कारण धेरै मान्छेले अल्पायुमै ज्यान गुमाइरहनु परेको हुन्छ। नेपालमा पनि चट्याङले वार्षिक ८२ जनाको ज्यान लिने गरेको पाइएको छ ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले नेपालमा चट्याङबाट वर्षेनी ८२ जनाको ज्यान जाने गरेको तथ्याङ्क रहेको जनाएको छ । केन्द्रले घरभित्र हुँदा र बाहिर हुँदा चट्याङबाट कसरी जोगिने भन्नेबारे केहस् सुझाव दिएको छ।

घरबाहिर हुँदा
अग्लो र एक्लो रुखमा ओत नलाग्ने, पौडिने, माछा मार्नेजस्ता क्रियाकलाप नगर्ने, खुला मैदानमा नरहने, धातुको तारबारको नजिक नबस्ने, मैदानमा लमतन्न परेर नसुत्ने वा नबस्ने, मानिसमो समूह , झुण्ड वा मेला, हाट बजार वा महोत्सवमा नरहने, फुटबल क्रिकेट तथा गल्फजस्ता खेलहरु तुरुन्त बन्द गर्ने सुझाव दिएको छ।

त्यस्तै गाईवस्तुहरुलाई सुरक्षित स्थानतर्फ लैजाने, जङ्गलमा हुनुहुन्छ भने त्यहाँ रहेका स–सान रुखका बीचमा बस्ने, पक्की घर वा गाडी नजिक हुनुहुन्छ भने घर वा गाडीभित्र झ्याल ढोका बन्द गरेर बस्ने, नजिकै हाई भोल्टेजको तार भएमा दुई खम्बाको बीचमा ओत लागेर बस्ने, केही गरी खुल्ला मैदानमा परे दुई घुँडाबीच टाउको लुकाई टुक्रुक्क बस्ने जस्ता सुझाव दिएको छ ।

घरभित्र हुँदा
विद्युतीय सामग्रीहरु जस्तैः टिभी, कम्प्युटर, फ्रिज, वासिङ् मेसिन आदि प्रयोग नगर्ने, तारसहितको टेलिफोन प्रयोग गरी कुरा नगर्ने, घरबाट बाहिर ननिस्किने, धारामा नुहायने, लुगा धुने अथवा भाँडा माझ्ने काम नगर्ने, विद्युतीय सामग्रीहरुको नजिक नबस्ने जस्ता सुझाव दिएको छ।

त्यस्तै गरेर अत्यावश्यक अवस्थामा मोबाइल वा कर्डलेस फोनको प्रयोग गर्ने, झ्याल ढोका बन्द गरी घरको भित्तादेखि टाढै बस्ने, यदि नुहाउनै पर्ने भएमा बाल्टिनको पानीले नुहाउने वा धुने कार्य गर्ने, केबुल तथा एन्टेनाको तारहरु उपकरणबाट छुटाउने, विद्युतीय सामग्रीका तारहरु प्लगबाट हटाउने लगायतका सुझाव दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्