यी हुन् गर्भ नबस्ने ९ कारण र समाधान (टिप्ससहित)

pregense
लाेकपाटी न्यूज
0 Shares

औसतमा जँचाउन आउने २ सय महिलामध्ये दुईजनामा बाँझोपनको समस्या देखिन्छ । त्यसमा धेरैजसो पुरुषभन्दा महिलाकै स्वास्थ्यका कारण गर्भ नबसेको देखिन्छ । समस्या लिएर अस्पताल आउनेहरुको संख्या हेर्दा चार महिलामध्ये एकजनाको गर्भ नरहनुको कारण पुरुषमा रहेको स्वास्थ्य समस्या देखिन्छ भने ३ जनाको समस्या महिलाकै कारण देखिन्छ ।

यो आधारमा बाँझोपनको समस्या महिलाको स्वास्थ्यको कारण बढी देखिएको छ । गर्भ नरहनुको कारण यही हो भन्न सकिन्न । कुनै मानसिक कारणले समेत प्रभाव पार्ने गरेको देखिन्छ भने केही स्वास्थ्यको कारणले समेत गर्भ बस्न सक्दैन । यी दुवै समस्याको समाधानका आ–आफ्नै उपचार पद्धति छन् ।

यौनसम्बन्धको क्रममा पुरुषको शुक्रकिट र महिलाको डिम्बको संयोजनपछि गर्भ बस्छ । यसका लागि महिलाको डिम्ब निस्कने रजस्वला चक्रको निश्चित अवधि र स्वस्थ शुक्रकिट आवश्यक पर्छ । अहिले उच्च प्रविधि प्रयोग गरेर कृत्रिम प्रक्रियाबाट समेत गर्भ राख्न सकिन्छ । जसलाई ‘इन–भिट्रो फर्टिलाइजेसन’ भनिन्छ । यहाँ प्राकृतिक गर्भ रहने विषय उल्लेख गरिएको छ । पहिला गर्भ रहन नसक्ने अवस्थाबारे विश्लेषण गरौं ।

महिलाको प्रजननअंगमा अवरोध भयो भने गर्भ बस्दैन । महिलाको डिम्ब नै ननिस्केको खण्डमा समेत गर्भ बस्दैन । डिम्ब अस्वस्थ भयो भने र नियमित यौन सम्बन्ध भएन भने पनि गर्भ बस्ने सम्भावना रहँदैन । पुरुषको शुक्रकिट बन्यो तर गर्भ बस्नलाई चाहिने आवश्यक मात्राभन्दा कम शुक्रकिट भयो भने पनि गर्भ रहन्न । यी समस्या समाधानका उपायसमेत छन् । सन्तानको चाहना राख्ने जोडीले डिम्ब निस्किने समय तथा यौन चाहना भएको समयलाई ध्यान दिएर यौन सम्बन्ध राख्दा प्रभावकारी हुनसक्छ ।

यसका लागि महिला महिनावारी समयको गणनाले सहयोग पु-याउन सक्छ । महिनावारी भएको दिनको १० औं दिनदेखि २० औं दिनभित्रको समय बच्चा बस्नका लागि उपयुक्त समय हो । यो समयमा यौन सम्पर्क भए बच्चा बस्ने सम्भावना बढी हुन्छ । शारीरिक समस्या भएरसमेत गर्भ बस्न रोकिएको हुनसक्छ । महिलाको प्रजनन अङ्ग बन्द भएको छ भने वा कतै रोकावट भएर समस्या आएको भए त्यसलाई खोलेपछि गर्भ बस्नसक्छ । महिलाको डिम्ब ननिस्कने समस्या पनि हुनसक्छ । त्यसका लागि परीक्षण आवश्यक पर्छ ।

डिम्ब ननिस्कनुको कारण पत्ता लगाएर त्यसको उपचार गरेको खण्डमा समेत गर्भ बस्न सक्छ । यौन सम्पर्क प्रभावकारी नभएमा बच्चा नबस्ने भएकाले प्रभावकारी यौन सम्पर्क आवश्यक छ । कुनै पुरुषमा मानसिक रोगको समस्या छ भने प्रभावकारी यौन सम्पर्क हुन सक्दैन र त्यो बेला शुक्रकिट नै निस्किँदैन र गर्भ बस्न सक्दैन । गर्मी ठाउँमा काम गर्नेहरुको अण्डकोष तातो भइराखेको हुन्छ । त्यो समयमा शुक्रकिट कम बन्न सक्छ । त्यही भएर (अण्डकोष) चिसो हुनुपर्छ ।

लामो समय विदेशमा बसेकाको मानसिक कारणले बच्चा जन्माउने क्षमतामा कमी आउन सक्छ । विदेशमा रहँदा एक त यौन सम्बन्ध नै कम हुन्छ । चुरोट, रक्सी खाने महिला–पुरुषमा पनि त्यसले असर गर्ने भएकाले सन्तान उत्पादनमा असर गर्न सक्छ । ज्वरो आइराखेको तथा लामो समयसम्म बिरामी परेको पुरुषको शुक्रकिट कम बन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्