कलियुग : ‘जहाँ मान्छेले मान्छे खान्छ’

Kaliyug - rape
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । हिन्दू धर्ममा समयलाई युगमा गन्ने गरिएको छ । यसैको आधारमा भन्दा पृथ्वीको एक जीवन चक्रमा ४ युगको विश्वास गरिएको छ । सत्य युग, त्रेता, द्वापर तथा कलियुग। यो युगको अर्थ यो हो कि पृथ्वी कुन समयमा चलिरहेको छ र पृथ्वीमा कस्तो गतिविधिको संकेत देखिँदैछ ?

वर्तमानमा पृथ्वीमा कलियुग चलिरहेको कुरा सबैलाई सर्वविदितै छ । जुन ४ लाख ३२ हवार वर्षसम्म चल्ने बताइएको छ । शास्त्रका अनुसार यो सबैभन्दा छोटो युग हो र यसमा धर्म र ज्ञानको कुरा सबैभन्दा कम मानिसले गर्ने गर्दछन् । यो कलिको जत्ति समय उत्तरार्धतर्फ जाँदै गर्छ, त्यति नै मानिसमा धर्म र ज्ञानमा क्षय हुँदै जाने तथ्य विभिन्न शास्त्रहरुमा उल्लेख गरिएको छ ।

यो युग विचार शून्यताको युग हो । मानिसहरु भेँडीमा चलेर आफ्नो जिन्दगीलाई बरबादीको बाटोमा लैजान उद्दत हुन्छन् । मानिसमा ज्ञान भक्ति र बैराग्यको लोप हुँदै जान्छ भने मानिसहरु विवशता र प्रपञ्चको दलदलमा फसेर बरबादीको बाटोमा जान बाध्य हुन्छन् । कलियुगको विषयमा लिएर धेरै मानिसमा धेरै किसिमका कुराहरु खेल्ने गरेको छ । कल्की अवतारलाई विश्लेषण गर्नको लागि एक कल्की उपपुराणको समेत रचना भएको छ।

मनुष्यको आयु घट्दै जान्छ

यस्तो मानिएको छ कि कलियुगको अन्तसम्ममा २० साल औसत उमेर पुग्नेछ । कलियुगको अन्तसम्ममा १६ सालमा नै मानिस बुढो हुन सुरु हुन्छ । २० साल भन्दामाथि मानिसहरुको उमेर निकै बढी मान्ने सकिने अवस्था छ । हरेक शताब्दीअनुसार मानिसहरु आफ्नो स्वास्थ्य तथा उमेरमा विस्तारै कम हुँदै जाँदा मानिसहरु बच्चामा नै परिपक्व बन्ने बताइएको छ । हिन्दू धर्मको अनेक ग्रन्थमा यसको वर्णन गरिएको छ ।

मानिसहरु नरभक्षी बन्न थाल्छन्

कलियुगको अन्तिममा पुग्दा मानिसहरु धर्तिमा यतिसम्म मांसाहार बन्छन् कि बिस्तारै उनीहरु मान्छेले मान्छे समेत खाने स्थितिमा पुग्दछन् । अन्तिमसम्ममा सबै मानिसहरु मांसाहार बन्नेछन् । उनीहरु माछा मासु खाएर मात्रै आफ्नो जीवन निर्वाह गर्न सुरु गर्दछन् । गाईभैंसीले दुध दिन बन्द हुन्छ । जसले मानिसहरु दूध खान नपाएर उनीहरु बिस्तारै मांसाहारमा आश्रित हुन्छन् । मानिसहरुले खाने फलफूलसमेत खान पाउँदैनन् ।

प्राकृतिक आपत र महाप्रलयको ज्यादती

बिस्तारै बिस्तारै कलियुगको उत्तरार्ध सुरु हुँदै जाँदा महाप्रलय समेत अनेकानेक रुपमा पृथ्वीमा समस्याको रुपमा आउँछ । यसको वर्णन गीता तथा महाभारतमा समेत लेखिएको छ । कलिको अन्ततिर सुख्खा थपिँदै जान्छ भने पानी पर्दा मुसलधारे पानी पर्ने हुन्छ । पानी परेपछि पूरै धर्ती पानीमय हुन्छ भने खडेरी लागेपछि महासंकट सुरु हुने हुन्छ । कलियुगको अन्ततिर यति ठूलो महातुफान आउँछ कि जनावरहरुको नाम निशाना रहँदैन । एकैपटक १२ वटा सूर्यले जस्तो गर्मी बढेर जान्छ ।

पानीबाट होइन गर्मीबाट विनाश

धेरै हिन्दू ग्रन्थहरुमा लेखिएको छ कि पृथ्वीको विनाश पानीबाट नभएर गर्मीबाट हुने गरेको छ । धर्तिको तापमान यतिधेरै बढेर जान्छ कि समुद्र तथा नदीहरु समेत सुकेर जान्छ। कलियुगमा यस्तो समय आउँछ स्त्री र पुरुषहरु दुबै अधर्मी बनेर जान्छन् । स्त्रीहरु पतिव्रता धर्मको पालना गर्न छाड्छन् भने पुरुष समेत यस्तै हुन्छन् ।

कल्की भगवान

भगवान कल्की केवल तीन दिनमा पृथ्वीबाट समस्त अधर्मीहरु नाश गर्नेछन् । फेरि अन्तमा कलियुगमा अन्तिम समयमा एकदमै मुसलधारे पानी लगातार परिरहन्छ । जसले चारैतर्फ पानी नै पानी हुनेछ । समस्त पृथ्वीमाथि पानी नै पानी हुनेछ । र अन्तमा प्राणीहरुको अन्त हुन्छ । यसपछि एक साथ बारह सूर्य उदय भएजस्तो कल्कीको तेजले पृथ्वी सुख्खा भएर सबै सृष्टी विनास भएका छन् ।

भौतिकवादी दृष्टि

यता भौतिकवादीहरुले पनि धर्मग्रन्थमा उल्लेख गरिएको कलियुगलाई ‘पूँजीवाद÷साम्राज्यवादी युगको संज्ञा दिन्छन् । उनीहरुका दृष्टिमा पूँजीवाद लुटको पराकाष्ठा हो, यसले नाफाका लागि आफ्नै आमासमेत बेच्दछ । यसरी हेर्दा दृष्टिकोण फरक भए पनि धार्मिक मिथक र भौतिकवादबीच धेरै घटनाक्रमको विश्लेषणमा समानता भेट्न सकिन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्