विज्ञान प्रदर्शनी आजबाट शुरु

er17_Science-Ex+GF1NP9OR.3.jpg01
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २ फागुन । साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आयोजित नवौँ संस्करणको ‘साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर इन म्यानेजमेन्ट’आजदेखि शुरु भएको छ ।

दुई दिनसम्म हुने सो प्रदर्शनीमा प्रतिभाशाली छात्र–छात्राले सिर्जना गरेका हेलिकोप्टर, हाइड्रोलिक क्रेन, भोटिङ मेसिन, इकोसिस्टम, रोबोटिक, एन्टी रेपिङ मेसिन प्रमूख आकर्षणका केन्द्र रहेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले प्रदर्शनीको शुभारम्भ गर्दै विज्ञान तथा प्रविधिको विकास र विस्तार गरी मुलुकलाई समृद्ध बनाउन सरकारले यस क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् । बोल्ने क्रममा उनले विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने प्रकारका शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।

कलेज सञ्चालक समितिका अध्यक्ष बासुदेव विष्टले विज्ञान तथा प्रविधिको विकासमा कलेजले प्राथमिकता दिँदै आएको बताउँदै यसमा सरकारले यथेष्ट सहयोग गर्नुपर्ने विचार व्यक्त गरे ।

कलेजका कार्यक्रम निर्देशक टीकाराम (गणेश) महराले गुणस्तरीय, मूल्यमान्यता तथा आवश्यकताअनुरुपका शिक्षा उपलब्ध गराउनु कलेजको उद्देश्य भएको उल्लेख गर्दै यसैका लागि प्रदर्शनी आयोजना गरिएको बताए ।

टोखा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नरोत्तम रानाले विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धा गर्नसक्ने बनाउनु नै आफूहरुको लक्ष्य भएको चर्चा गर्दैै नर्सरीदेखि विद्यावारिधिसम्मको पठनपाठन उपलब्ध गराएर साउथवेस्टन स्टेट कलेजले उदाहरणीय काम गरेको बताए ।

कलेजका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूख एवं विज्ञान प्रदर्शनीका संयोजक सरिता शाक्य प्रधानले कलेजले स्थापनाकालदेखि नै विज्ञान प्रदर्शनी गर्दै आएको जानकारी दिइन् ।

कार्यक्रममा नेसनल युनाइटेट स्कूलका संस्थापक जेबी हमालले प्रदर्शनीमा सहभागी हुने अवसर दिएर आफ्ना विद्यार्थीको बौद्धिक विकासमा कलेजले पु¥याएको योगदानको प्रशंसा गरे ।

आयोजकले राजधानीका विभिन्न विद्यालय तथा कलेजमा अध्ययन गर्ने झण्डै ५० हजार विद्यार्थीले सो प्रदर्शनी अवलोकन गर्ने लक्ष्य राखेका छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्