ललितपुरको एक जंगलमा डढेलो निभाउन गएका पहरीको मृत्यु

Fire
सांकेतिक तस्विर
लोकपाटी न्यूज
0 Shares

ललितपुर। ललितपुरको आनन्द जंगलमा डढेलो निभाउन गएका एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शेखर खनालका अनुसार गोदावरी नगरपालिका वडा नम्बर-४ का शंकर पहरीको उपचारको क्रममा मृत्यु भएको हो।

जंगलमा लागेको डढेलो फैलिएर नजिकैको कुष्ठरोग अस्पतालसम्म आउन सक्ने भएपछि निभाउन जाँदा दुई जना घाइते भएका थिए। अर्का घाइतेको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको उनले बताए। आनन्द जंगलमा सोमबार रातीदेखि डढेलो लागेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्