राष्ट्रपति सीद्वारा चीनबाटै ल्याइएको कार प्रयोग, यस्तो छ कारण

0

काठमाडौं, २६ असोज। दुई दिने नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनबाटै ल्याइएको कार प्रयोग गरेका छन्।

अहिले बजारमा उनले चढेको कारको विषयमा चर्चा चुलिएको छ। उनले नेपाल भ्रमणका समयमा कस्तो गाडी चढे भनेर चासो लिनु स्वाभाविक पनि हुनसक्छ।

उनले प्रयोग गरेको गाडी चीनमै उत्पादन भएको ‘होङ्सी लिमोजिन एचक्यूई’ ब्रान्डको गाडी हो। चिनियाँ राष्ट्रपति चढेको यो गाडीलाई कुनै पनि बम तथा गोलीको आक्रमण हुँदा पनि त्यसबाट सुरक्षित राख्दछ ।

यो गाडी चीनमा सबैभन्दा महंगो गाडी हो। उक्त गाडीको मूल्य ८ लाख १ हजार ६ सय २४ अमेरिकन डलर पर्दछ । गाडीले ३ हजार १ सय ५२ केजीसम्म सजिलै बोक्न सक्ने क्षमता राख्दछ।

चिनियाँ सञ्चारमाध्यमले जनाएअनुसार यसमा रोल्स रोयसको ह्वील रहेको छ। उक्त गाडी गाडी विश्वकै महंगो गाडी मध्येमा पर्छ। गाडीको ह्वीलवेस ३९०० एमएम रहेको छ । लम्बाई ६३९५ एमएम लम्बाई तथा २००४ एमएम चौडाई र १७२० एमएम उचाई गाडीको रहेको छ।

गाडीमा भी–१२ ६.० लिटर इञ्जिन भने ५६०० आरएमपी रहेको छ। गाडी उत्पादक कम्पनीले २ वर्ष लगाएर उत्पादन गरेको हो । हाल उक्त गाडी १७ थानमात्रै रहेका छन्।चीनमा सन् २०१० देखि होङ्सी लिमोजिन ब्रान्डको गाडी उत्पादन थालिएको हो।

Comments
Loading...
You might also like