अपी शैपाल महिला गोल्डकपलाई एन्फाले दियो स्वीकृति

  • 124
    Shares
0

काठमाडौं, २ मंसिर। कैलालीको धनगढी रंगशालामा पुष २१ गतेदेखि आयोजना हुने अपी शैपाल महिला गोल्डकप–२०७६ लाई अखिल नेपाल फुटबल संघ एन्फाले स्वीकृति प्रदान गरेको छ।

कैलाली जिल्ला फुटबल संघको सिफारिशमा उक्त प्रतियोगितालाई स्वीकृति प्रदान गरिएको एन्फाले जनाएको छ। शैलेश्वरी स्पोर्टस क्लवको आयोजनामा हुने महिला गोल्डकप प्रतियोगिताले नेपाली महिला फुटबलको विकासमा ठूलो योगदान पुग्ने विश्वास पनि एन्फाले लिएको छ।

साथै उक्त प्रतियोगिताको खेल तालिका र प्रतियोगिता नियमावली प्रतियोगिता सञ्चालन हुनुभन्दा दुई हप्ता अगावै संघमा पठाई दिन पनि एन्फाले आग्रह गरेको छ।

धनगढी रंगशालामा हुने प्रतियोगितामा तीन विभागिय र सात प्रदेशका गरी १० वटा टिमले सहभागिता जनाउने छन्। प्रथम हुनेले नगद् पाँच लाख एक हजारसहित ट्रफी तथा प्रमाणपत्र पाउने क्लवका अध्यक्ष धनश्याम भट्टले जानकारी दिए।

उनका अनुसार प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १० हजार पुरस्कार प्रदान गरिनेछ।

Comments
Loading...
You might also like