२००७ को राणा–कांग्रेस मन्त्रीमण्डल : को–को थिए मन्त्री ?

  • 1.8K
    Shares
0

काठमाडौं। वि.सं. १९०३ मा जंगबहादुर राणाले नेपालको सत्तामाथि कब्जा जमाएपछि देशमा १०४ वर्षसम्म जहाँनियाँ राणाशासन चल्यो। १०४ वर्ष लामो राणा शासनका विरुद्धमा जनताको सशक्त आन्दोलन अगाडि बढ्यो। वि.सं. १९९७ मा गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथचन्द ठाकुरको हत्या भएपछि आन्दोलन थप सशक्त बन्यो।

वि.सं. २००७ सालमा राजा, राणा र कांग्रेसबीच त्रीपक्षीय सम्झौता भयो। त्यसको साक्षी थियो दिल्ली। भारतले त्यही मौकामा नेपालले ६१ प्रतिशत भूभाग गुमाउने गरी भएको सुगौली सन्धिलाई अनुमोदन गरायो, जसलाई सन् १९५० को सन्धि वा दिल्ली सम्झौता पनि भनिन्छ। दिल्ली सम्झौतापछि नेपालको मन्त्रीपरिषदमा भारतीय राजदूत आमन्त्रित सदस्यका रुपमा उपस्थित हुन्थे।

वि.सं. २००७ साल फागुन ७ गते राणाशासन अन्त्यको घोषणा गरियो। तर, देशको बागडोर भने राणा प्रधानमन्त्रीकै हातमा रह्यो। २००७ सालमा मोहन शमसेर जबरा पुन प्रधानमन्त्रीमा चयन भए। उनको नेतृत्वमा कांग्रेस नेता विश्वेश्वर प्रसाद कोइराला गृहमन्त्री भएका थिए।

यस्तो थियो २००७ सालको मन्त्रीपरिषद

  • श्री ३ महाराज मोहनसम्शेर जबरा – प्रधानमन्त्री तथा पररास्ट्र
  • मिनिष्टर बबरशम्शेर जबरा – रक्षामन्त्री
  • विश्वेश्वरप्रसाद कोइराला – गृहमन्त्री
  • सुवर्ण शम्शेर जबरा – अर्थमन्त्री
  • चूडाराज शम्शेर जबरा – वन विभागको मन्त्री
  • गणेशमान सिंह – उद्योग वाणिज्य मन्त्री
  • नृपजङ्ग राणा – शिक्षामन्त्री
  • भद्रकाली मिश्र – यातायात मन्त्री
  • यज्ञबहादुर बस्न्यात – स्वास्थ्य र स्थानीय स्वायत्तशासन मन्त्री
  • भरतमणि शर्मा – खाद्य र कृषिमन्त्री

राणा शासनको अन्त्यको घोषणा गरिएको प्रजातान्त्रिक सरकारमा मोहन शमशेर जबराले शासन गरिरहेका थिए। उनले २००८ सालमा फेरि मन्त्रीपरिषद पूनर्गठन गरे। २००८ साल जेठमा गरिएको पूनर्गठनपछि बनेको मन्त्रीमण्डल यस्तो थियो।

  • श्री ३ महाराज मोहनशम्शेर जबरा – प्रधानमन्त्री, रक्षा र परराष्ट्र मन्त्री
  • विश्वेश्वरप्रसाद कोइराला – गृहमन्त्री
  • सुर्वण शम्शेर जबरा – अर्थमन्त्री
  • चूडाराज सम्शेर जबरा – स्थानीय स्वायत्तशासन मन्त्री
  • गणेशमान सिंह – उद्योग वाणिज्य मन्त्री
  • नृपजङ्ग राणा – शिक्षा मन्त्री
  • भद्रकाली मिश्र – यातायात मन्त्री
  • यज्ञ बहादुर बस्न्यात – स्वास्थ्य मन्त्री
  • सिंहसम्शेर जबरा – वन विभागको मन्त्री
  • सूर्यप्रसाद उपाध्याय – खाद्य र कृषिमन्त्री
Comments
Loading...
You might also like